केन्द्रीय संस्करण

सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन माग

person explore access_timeकात्तिक १, २०७७ chat_bubble_outline0

नेपाल शिक्षक महासङ्घले संविधानबमोजिम सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आग्रह गरेको छ । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगर समितिले आज भर्चुअरुपमा आयोजना गरेको ‘समसामयिक शैक्षिक सवालमा महासङ्घ तथा सङ्गठनको भूमिका विषयक’ अन्तक्र्रियामा महासङ्घका अध्यक्ष बाबुराम थापाले सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन ढिलाइ गर्न नहुने बताए । उनले शिक्षकहरुको पेशागत हकहितका लागि सरकारसँग विगतमा भएका सहमतिको पालना हुनुपर्नेमा पनि जोड दिए । 

सङ्गठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले कोभिड १९ पछिको विषम स्थितिमा पनि आफूहरुले ‘ननिदाएका शिक्षकहरु’ जस्ता मौलिक कार्यक्रम सञ्चालन गर्नाका साथै  विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठनमा दत्तचित्त भएर लागेको बताए । महानगर समितिका अध्यक्ष डिल्ली शर्माले कोभिड १९ पछिको स्थितिमा शिक्षक सङ्गठनहरुले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.