कोरोना संक्रमित राप्रपाका अध्यक्ष कमल थापा आइसियूमा
काठमाडौं । कोभिड १९ (कोरोना) संक्रमण भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा ओम अस्पताल भर्ना भएका छन् । अध्यक्ष थापालाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रस्वासमा समेत केही असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको ओम अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । अध्यक्ष थापाको अहिले ओम अस्पतालको आइसियु कक्षमा राखेर उपचार भैरहेको छ ।
उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा.विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । गत वुधबार स्वास्थ्य परीक्षण गर्दा अध्यक्ष थापामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?
-
लुम्बिनी प्रदेशमा भागबण्डा मिलाउन दुई मन्त्रालय थपियो
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु