बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आँचलको ‘माया बैगुनी’ बने निराजन

आइतबार, ०२ कात्तिक २०७७, ०८ : १२
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौं – अभिनेत्री आँचल शर्मा र मोडल निराजन प्रधान अभिनित म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक भएको छ । 

गायक विजय शंखर र गायिका विमोचना लोम्जेलको स्वर रहेको गीतमा आँचल र निराजन प्रेम जोडीको रुपमा देखिएका छन् ।

गीतमा शब्द, संगीत समेत गायक विजयकै रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी, बुद्ध थापाको छायांकन गरेको  भिडियोमा सुशिल न्यौपानेको सम्पादन रहेको छ । भिडियोका निर्देशक सोनाम पाख्रिन हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप