मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नायिकाले मिथुन चक्रवर्तीका छोरा महाअक्षयविरुद्ध लगाइन् बलात्कार र जबर्जस्ती गर्भपतन गराएको आरोप

आइतबार, ०२ कात्तिक २०७७, ०९ : २१
आइतबार, ०२ कात्तिक २०७७

मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीविरुद्ध मुम्बईको ओशिवारा प्रहरी स्टेशनमा विवाहको प्रलोभन देखाए र बलात्कार र गर्भपतन गराएको भन्दै मुद्दा दर्ता भएको छ  । मिथुनकी श्रीमती योगिता बालीलाई पनि यो मुद्दामा आरोपी बनाइएको छ । फिल्म इन्डष्ट्रिमा काम गर्ने एक नायिका–मोडलले दुबैजनाविरुद्ध उजुरी दर्ता गराएकी हुन् ।

लिखित उजुरीमा पीडित मोडलको आरोपः

- पीडित र महाअक्षय सन् २०१५ देखि सम्बन्धमा थिए । महाअक्षयले विवाहको प्रलोभन देखाएर पीडितसँग शारीरिक सम्बन्ध स्थापित गरेका थिए ।

- सन् २०१५ मा महाअक्षयले पीडितलाई घर बोलाए र उनलाई नशालु औषधी मिसाएको पेय पदार्थ दिए । त्यसपछि महाअक्षयले पीडितसँग सहमति नलिइकनै उनीसँग शारीरिक सम्बन्ध राखे र पछि विवाहको आश्वासन दिइरहे ।

- महाअक्षय उर्फ मिमोहले ४ वर्षसम्म शारीरिक सम्बन्ध स्थापित गरिरहे र शारीरिक, मानसिकरुपमा प्रताडित गरिरहे ।

- पीडित गर्भवती हुँदा महाअक्षयले उनलाई गर्भपतनको दबाब दिए । यसो गर्न नमान्दा पीडकले पीडितलाई केही औषधी खुवाएर गर्भपतन गराए । पीडितका अनुसार उनलाई खुवाइएको औषधीले गर्भपतन गराउँछ भन्ने उनलाई थाहा थिएन ।

- उजुरी दिँदा महाअक्षयकी आमाले पीडितलाई धम्काएकी थिइन् ।


महाअक्षयमाथि पहिले पनि लागिसकेको छ आरोपः

यसका लागि पीडितले अदालतको ढोका ढक्ढकाएकी छिन् । अदालतको आदेशमा यो विषयमा मद्दा दर्ता भएको हो । यस्तै समस्यामा महाअक्षय पहिले पनि फसिसकेका छन् । दुई वर्ष अघि सन् २०१८ मा एक भोजपुरी नायिकाले महाअक्षयमाथि विवाहको प्रलोभन देखाएर बलात्कार गरेको र गर्भपतन गराएको आरोप लगाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप