बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुतिरहेका दम्पत्तिमाथि धारिलो हतियार प्रहार

आइतबार, ०२ कात्तिक २०७७, ११ : ३६
आइतबार, ०२ कात्तिक २०७७

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका टिकुलियाका महेश तिवारी दम्पत्तिमाथि सांघातिक आक्रमण भएको केही समय नबित्दै गएराति मौलापुरमा फेरि एक दम्पत्तिमाथि आक्रमण भएको छ ।

मौलापुर नगरपालिका वडा ५ पतौरा गाँउका ३५ बर्षिय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि सांघातिक हमला भएको छ ।

शनिवार राति १ बजेको समय आफ्नै घरमा सुतिरहेका साह दम्पत्तिमाथि धारिलो हतियारले आक्रमण भएको छ ।

धारिलो हतियारको आक्रमणले हरीन्द्र साहको दाहिने कानको छेउमा र  शिला देवीको दाहिने पाखुरामा चोट लागेको छ ।

उनीहरुलाई गम्भिर अवस्थामा तत्कालै उपचारको लागि एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल बिरगंज पठाइएको थियो ।

रातभरीको उपचारपछि दुबैजनाको अवस्था सुधार हुँदै गएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर राकेश यादवले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप