शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिहारमा नितिष कुमार नै मुख्यमन्त्री !

आइतबार, ०२ कात्तिक २०७७, ११ : ५९
आइतबार, ०२ कात्तिक २०७७

भारतका गृहमन्त्री अमित शाहले शनिबार एक अन्तरवार्तामा बिहार चुनाव, भारत–चीन सीमामा जारी गतिरोध, पश्चिम बंगाल चुनाव, धारा ३७०, सुशान्त सिंह राजपूत मामिला र तनिष्कको विज्ञापन समेत कयौँ मुद्दामा आफ्नो कुरा राखेका छन् । कोरोनाभाइरसको संक्रमण ठीक भएपछि अमित शाहले पहिलोपटक सार्वजनिक रुपमा यस विषयमा बयान दिएका हुन् ।

नेटवर्क १८ लाई दिएको अन्तरवार्तामा शाहले बिहार चुनावबारे कुराकानी गर्दै नितिश कुमार नै बिहारको मुख्यमन्त्री रहने स्पष्ट पारे । ‘जबदेखि नितिश कुमारसँग हाम्रो सरकार बनेको थियो, त्यहीँबाट नै बिजेपीले तय गरेको थियो कि विधानसभा २०२० को चुनावमा उनकै नेतृत्वमा चुनाव लड्नेछौँ । जसले भ्रम फैलाउन चाहन्छन्, त्यसलाई फूल स्टप लगाउन चाहन्छौँ,’ उनले भने ।

यदी बिहार बिधानसभा चुनावमा बिजेपीले धेरै सिट पायो भने, त्यो स्थितिमा के हुन्छ ? भन्ने प्रश्नमा शाहले एनडीएलाई दुई तिहाई बहुमत आउने र नितिष कुमार नै मुख्यमन्त्री बन्ने कुरा दोहोर्याए ।

यता, लोक जनशक्ति पार्टीका चिराग पासवान एनडीए गठबन्धनबाट अलग भएका छन् । यसका बावजुद उनले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आफ्नो निष्ठा जाहेर गरेका छन् ।

अन्तरवार्तामा शाहलाई के महाराष्ट्र भर्सेस बिहार बनेको बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिला पनि चुनावी मुद्दा हो ? भनेर पनि प्रश्न गरिएको थियो । जवाफमा शाहले जमिन स्तरमा ल्याएको मामिला कति चुनावी मुा बन्यो भन्ने आफूलाई थाहा नभएको बताए ।

‘यदी यो मुद्दा बनेको छ भने पनि हामी यसको कारण होइनौँ । यदी सीबीआईलाई नै पहिले जाँच गर्न दिएको भए यो मुद्दा नै बन्दैन थियो,’ उनले भने ।

भारत–चीन सीमामा महिनौँदेखि जारी गतिरोधको समाधान र भारतीय सीमामा चीन प्रवेश गरेको बारे भने शाह निकै बचेर बोलेका थिए । उनले भने, ‘दुई देशका सेना र राजनीतिक नेतृत्वबीच छलफल भइरहेको छ । हामी हाम्रो भूमिको एक इन्च जमिनको बारेमा पनि जागरुक छौँ र यसलाई कसैले कब्जा गर्न सक्दैन ।’ उनले देशको सेना रक्षाको लागि सधैँ तयार रहेको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप