मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आलस लगाएर यसरी छालालाई बनाउनुहोस् गोरो र चम्किलो

आइतबार, ०२ कात्तिक २०७७, १२ : ०२
आइतबार, ०२ कात्तिक २०७७

आलसको गुणः

आलसमा एन्टीफंगल, एन्टीअक्सिडेन्ट, एन्टिडायबिटिक, एन्टिथ्रोम्बिक, एन्टिहाइपरटेन्सिव र एन्टिट्युमरजस्ता गुण हुन्छ । त्यसैले यसलाई आयुर्वेदमा उत्तम औषधी मानिन्छ ।

छालालाई क्षती हुनबाट जोगाउँछः

घामका कारण छालामा हुने क्षती र सन ट्यानबाट आलसले सुरक्षा प्रदान गर्छ । यसले छालाको क्यान्सरबाट पनि जोगाउँछ ।

डलनेस हटाउँछः

के तपाईंको अनुहार सधैं थाकेको जस्तो देखिन्छ ? यदि देखिन्छ भने अनुहारमा आलसको प्याक बनाएर लगाउँदा छालाको चमक तुरुन्त बढ्नेछ ।

फ्ल्याक्स सीड जेल कसरी बनाउने ?

यो बनाउनका लागि १÷४ कप आलस लिनुहोस् र दुई कप पानीमा रातीभरी भिजाउनुहोस् । भोलिपल्ट त्यो उमाल्नुहोस् र चिसो बनाउनुहोस् । त्यसपछि यो जेललाई छानेर अनुहारमा लगाउनुहोस् ।

चाउरीपन हटाउँछः

आलसमा भएको ओमेगा–थ्रीले छालाभित्र कोलेजनको उत्पादन गर्छ । यो लगाउँदा छालामा चमक आउँछ र चाउरीपन पनि हट्ने गर्छ ।

र्‍यासेज हटाउनुहोस्ः

यदि तपाईंको छालामा र्‍यासेज वा जलन हुन्छ भने आलसको तेल लगाउनुहोस् । यसको तेलमा एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । यसले छालालाई राहत पुर्याउने काम गर्छ ।

डण्डीफोर हटाउँछः

आलसमा ओमेगा–थ्री फ्याटी एसिड भरपुर मात्रामा पाइन्छ । यसलाई छालामा लगाउँदा सिबमको उत्पादन कम हुन्छ । यसले अनुहारमा डण्डीफोर निस्कन दिँदैन ।

यसरी बनाउनुहोस् स्क्रबः

आलसको दानालाई मिक्सचरमा राखेर धुलो बनाउनुहोस् । त्यसपछि यसमा पानी हालेर पेस्ट बनाउनुहोस् । यो पेस्टलाई अनुहार  गलामा लगाएर पाँच मिनेटसम्म मसाज गर्नुहोस् ।

कपालका लागि पनि फाइदाजनकः

आलसमा प्रोटिन, मेंगनिज र विभिन्न प्रकारको भिटामिन पाइन्छ । यसको पानी कपालमा लगाउँदा  कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप