बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरस जसरी विश्वभर फैलन सक्छ नोर्गोनो–काराबाखको लडाइँ

आइतबार, ०२ कात्तिक २०७७, १३ : ४७
आइतबार, ०२ कात्तिक २०७७

जतिबेला विश्व कोभिड–१९ महामारीले चिन्तित छ, त्यति नै बेला नार्गोनो–काराबाखको क्षेत्रीय लडाइँ युरोप र एशियाको ढोकामा ठूलो खतराका रुपमा देखिएको छ ।
 १० अक्टुबर, शनिबार रुसले युद्धविरामको मध्यस्थता गरेको थियो, तर त्यो असफल भयो । १२ अक्टुबरसम्म आइपुग्दा रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले यहाँ शुत्रता कायम रहेको स्वीकारे । (अपडेट– १७ अक्टुबर, शनिबार फेरि युद्धविराम भयो, तर अजरवैजानले पुनः युद्धविराम तोडेको अर्मेनियाको आरोप छ ।) झन्डै तीन साताअघिदेखि भड्किएको द्वन्द्वमा ३ सयभन्दा धेरै मारिएका छन् र अन्तर्राष्ट्रिय कमिटी अफ रेडक्रस (आईसिआरसी) का अध्यक्ष पिटर मउरेरका अनुसार यस क्षेत्र वरपर काम गरिरहेका कर्मचारीहरुले समेत निरन्तर सेल्टर लिइरहनु परेको छ । 

नोर्गोनो–काराबाख अजरबैजानमा बस्ने आदिवासी अर्मेनियालीहरुको नियन्त्रणमा छ र दुई पूर्व सोभियत गणतन्त्रले (अर्मेनिया र अजरवैजान) एकअर्कालाई युद्धविरामका शर्त तोडेको आरोप लगाइरहेका छन् । २० औं शताब्दीको प्रारम्भदेखि सुरु भएको विवादकोे समाधान ननिकाली साँचो शान्तिवार्ता हुने कल्पना गर्न कठिन छ । 

अजरबैजानको समर्थन गरिरहेको क्षेत्रीय शक्ती तथा नाटो सदस्य टर्कीले युद्धविराम सम्झौतालाई अस्वीकार गरिसकेको छ । १२ अक्टुबर शनिबार टर्किस विदेशमन्त्रीले स्थायी समाधानको विकल्प युद्धविराम हुन नसक्ने बताए, उनले यस घटनामा अजरवैजानको पक्षमा टर्की निरन्तर उभिने पनि जनाएका छन् । 


दुबैतर्फ गहिरो घृणाको अवस्था, देशभित्र बलियो जनसमर्थन र टर्कीको निःशर्त सहयोगले हौसिएको अजरबैजानले मूल्यको हिसाब नै नगरी अहिलेको अवस्थालाई विवादित क्षेत्रमा पूर्ण नियन्त्रण हासिल गर्न दबाब दिने अवसरका रुपमा प्रयोग गर्नसक्छ । थाहा छैन, यस गृष्ममा ठ्याक्कै के सल्कियो, अर्मेनिया र अजरबैजान दुबैले एकअर्कालाई पहिले फायरिङ गरेको आरोप लगाइरहेका छन् ।  तर कुनै दुविधा छैन, यो युद्ध ठूलो हुनसक्छ । यो क्षेत्र पेट्रोल, ग्यास र व्यापारका लागि महत्वपूर्ण ट्रान्जिट पोइन्ट हो, यो अवरुद्ध हुँदा विश्वव्यापी अर्थतन्त्रमै, विशेषगरी चाँडै अजरबैजानबाट ग्यास लिन थाल्ने युरोपेली युनियनमा फेरि उतार–चढाउ आउनसक्छ । 

युद्धका कारण ७० हजारदेखि ७५ हजार जनता अर्थात् काराबाखको आधा जनसंख्या विस्थापित बनेको छ । रुस र टर्की (जो यसअघि नै सिरिया र लिबियाको प्रोक्सी युद्धमा विपक्षी खेमामा थिए) संलग्न भएको अवस्थामा यस लडाइँलाई संवेदनशील भएर व्यवस्थापन गर्न जरुरी छ । 

अर्मेनियामा रुसको सैन्य अखडा छ, यद्यपी उसले अर्मेनिया र अजरबैजान दुबैलाई हतियार आपूर्ति गरेको छ । अजरबैजानसँग बलियो आर्थिक र सांस्कृतिक सम्बन्ध भएको टर्की आदिवासी अर्मेनियालीहरुलाई लिएर सधैं चिन्तित भएको इतिहास छ । आदिवासी अर्मेनियालीहरुविरुद्ध लड्नका लागि सिरियाली लडाकुहरुलाई भाडामा लिएर टर्किस सुरक्षा कम्पनीले अजरबैजानको लाइन अफ कन्ट्याक्टसम्म पु¥याएको पनि भनिएको छ । यद्यपी, यस रिपोर्टलाई टर्कीले खण्डन गरेको छ । 

अब लडाइँमा प्रवेश गर्नका लागि इरान तयार हुनसक्छ । इरानी राष्ट्रपति हस्सन रोउहानीले यस क्षेत्रमा ‘शान्ति पुनस्र्थापना गर्ने’ आशा रहेको बताएपनि बोर्डर गार्डस्का कमाण्डरले इरानी भूमिमा बुलेट र रकेटहरु झरेको दाबी गर्दै आफ्नो फौज आवश्यक तयारीसहित बसेको बताएका छन् । 

‘हामीले जे देखिरहेका छौं, त्यसले विश्वका अन्य सन्दर्भहरुको झल्को दिन्छ – लडाँइको अन्तर्राष्ट्रियकरण, जो युद्धमा परम्परागत रुपमा संलग्न पक्षहरुबाट निकै परसम्म जानसक्छ,’ आईसीआरसीका मउरेरले अन्तर्वार्तामा भनेका छन्, ‘बाहिरबाट हेर्दा युद्ध सुस्त भएजस्तो देखिन्छ, तर भित्री रुपमा अवस्था निकै खतरनाक भइसकेको छ । निकै सानो कुराले पनि अवस्था बिग्रनसक्छ र यी आयामहरुलाई रोक्न निकै गाह्रो छ ।’

कोभिड–१९ महामारीले अवस्थालाई थप खराब बनाएको छ, भ्रमण प्रतिबन्धका कारण महत्वपूर्ण फेस–टु–फेस कुटनीति अघि बढाउन गाह्रो भइरहेको छ । १९९२ मा नार्गोनो–काराबाखमा द्वन्द्व सुरु भएदेखि रेडक्रसले यस क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको छ, अध्यक्ष मउरेरकाअनुसार नयाँ अवस्थामा अभ्यस्त हुने काम अझै पनि विकासकै क्रममा छ । 

‘व्यक्ति–व्यक्तीबीचको सम्पर्कलाई महामारीले थाँती राखेको छ र यसले पक्कै अनौपचारिक कुटनीतिलाई रोकेको छ । भर्चुअल कुटनीतिको काम अझै सुधारकै क्रममा छ । यहाँ अहिलेसम्म त्यस्तो प्रारुप वा ठाउँ छैन जहाँ हामीले विश्वासिलो र गोप्य वार्ता गर्नसक्छौं,’ मउरेरले भने । यो सबै अवस्थाले मध्य–महामारीको एउटा कठोर तस्विर बोल्छ । उम्लिन लागेको नोगार्नो–काराबाखको जस्तो लडाइँ आगो बन्ने खतरा छ, जो समाधानलाई प्रतिरोध गरेर भाइरसजसरी विश्वभर फैलनसक्छ, प्राणघातक मूल्यसहित ।
सीएनएनबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप