शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोखिममा

आइतबार, ०२ कात्तिक २०७७, १४ : ३५
आइतबार, ०२ कात्तिक २०७७

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ । तर विमानस्थलबाट नजिकै रहेको डम्पिङ साइटका कारण विमानस्थल जोखिममा परेको तर्फ भने कसैको ध्यान जान सकेको छैन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पुरा भइसकेको छ । विमानस्थल निर्माण हुँदै गर्दा यहाँबाट हुने हवाई उडानलाई सुरक्षित बनाउन विभिन्न कामहरु गरिएका छन् । तर पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइटबाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन् ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार विमानस्थलबाट ५ किलोमिटर भित्र डम्पिङ साइट हुनुहुँदैन । तर यो डम्पिङ साइट ५ किलोमिटर भित्रैपर्छ । विमानस्थलबाट डम्पिङ साइट नजिक हुँदा चिल, गिद्ध लगायतबाट कुनै पनि चरा चुरुङुगीबाट हवाई उडान जोखिममा पर्न सक्छ । त्यसैले पनि यो ठाउँबाट डम्पिङ साइट हटाउनुपर्ने देखिन्छ । पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले डम्पिङ साइट हटाउने भन्दा पनि विमानस्थल वरिपरि चराचुरुङ्गीको व्यवस्थापन गर्न बर्ड स्केरिङ डिभाइसहरु राखिने बताए ।

विमानस्थलबाट नजिकै डम्पिङ साइट रहेकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानलाई जोखिममा पार्ने निश्चित छ । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विमानस्थललाई खतरामुक्त बनाउनको लागि नयाँ डम्पिङ क्षेत्रको खोजिमा रहेको बताए । हाल बाच्छेडाँडाँमा रहेको डम्पिङ साइडको विकल्पमा माछापुच्छ«े गाउँपालिकाको सार्दिखोलामा बनाउने योजना रहेको पनि उनले बताए ।

यसैपनि पोखरामा आगन्तुक चराहरुको चहलपहल बढी हुने गर्छ । तर फोहोरको थुप्रोमा विभिन्न किसिमका चराचुरुङ्गी रहने र तिनले विमानस्थल आसपासमा जोखिम बढाउने भएकाले त्यसको व्यवस्थापनका लागि हाल रहेको डम्पिङ साइटलाई तत्काल हटाउनुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप