केन्द्रीय संस्करण

सांसदलाई दिएको दशैं खर्च कोरोना संक्रमितको उपचारमा खर्च गर्ने जनार्दन शर्माको घोषणा

person explore access_timeकात्तिक २, २०७७ chat_bubble_outline0

पूर्वमन्त्री एवम् नेकपा सांसद जनार्दन शर्माले आफूले पाएको दशैं भत्ता कोरोना संक्रमितको उपचारमा खर्च गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै शर्माले भेन्टिलेटरमा राखी उपचार भइरहेका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहोरालाई हस्तान्तरण गर्ने बताएका छन् । अहिलेको अवस्थामा सांसदलाई भत्ता दिनुको सट्टामा भेन्टिलेटर खरिद गर्न उनले आग्रह गरेका छन् । 

उनले लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौँ । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.