शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा २ संक्रमितको शव ब्यवस्थापन, मर्नेको संख्या ११ पुग्यो

आइतबार, ०२ कात्तिक २०७७, १५ : ०८
आइतबार, ०२ कात्तिक २०७७

रौतहट । रौतहटका छुट्टाछुट्टै दुई स्थानमा दुई कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ । ईन्द्रबक्स गण गौरबाट गएका तालिम प्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ वगही र माधवनारायण नगरपालिका ७ मा अलग अलग स्थानमा कोरोना संक्रमितको शव ब्यवस्थापन गरेको हो ।

कोरोना संक्रमण भई बीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० वर्षीय एक पुरुषको बगही गाँउ छेउमै सेनाको टोलीले शनिबार बेलुकी शव ब्यवस्थापन गरेको कर्णेल सामन्तध्वज खाँडले बताएका छन् ।

त्यसैगरी कारोना संक्रमित भई चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीया एकजना महिलाको उनकै गाँउ छेउमा सेनाले शव ब्यवस्थापन गरेको कर्णेल खाँडले जानकारी दिए । कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएर रौतहटमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ ।

मृतक ११ जना मध्ये १० जनाको ईन्द्रबक्स गणबाट गएको नेपाली सेनाको टोलीले शव ब्यवस्थापन गरेको र एक जनाको यसअघि चिववनमा सेनाले शव ब्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप