केन्द्रीय संस्करण

ललितपुरका सडकमा किन पोतियो हरियो रङ ?

person explore access_timeकात्तिक २, २०७७ chat_bubble_outline0

 ललितपुरका सडकमा हरियो रङ पोत्न सुरु गरिएको छ । सडक प्रयोगकर्तालाई साइकल लेनको सम्बन्धमा ध्यानाकर्षण गराउन ललितपुर महानगगरले प्रत्येक ७५/७५ मिटरको दूरीका हरियो रङ पोत्न सुरु गरेको हो । 
महानगरले केही समय अघि ललितपुरको कुपण्डोलस्थित बागमती पुलदेखि मंगलबजारसम्मको सडकमा साइकल लेन निर्धारण गरेको थियो । त्यसका लागि सेतो धर्काले र साइकल अंकित चिन्ह दिएको थियो । अहिले भने हरियो रङ पोतेर थप ध्यानाकर्षण गराउन खोजेको हो । 

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले यसरी रङ पोत्ने योजना साइकल लेन बनाउने योजनामै समेटिएको भन्दै यसको कार्यान्वयन गरिएको बताइन् । 
‘साइकल चलाउँदा वातावरण स्वच्छ हुन्छ । हामीले पर्यावरणीय स्वच्छताको लागि साइकल प्रयोग गरौं भन्ने सन्देश दिनको लागि हरियो रङ पोतेका हौं,’ उपमेयर सत्यालले भनिन्, ‘पर्यावरणको संकेत हरियो हुन्छ, त्यसैले यो रङ रोजिएको हो । तर, यो रङ असाध्यै महँगो रहेछ, त्यसैले सबै ठाउँमा लगाउन सम्भव भएन त्यसैले ७/÷७५ मिटरमा यस्तो रङ पोतिएको हो । जेब्रा क्रसको यताउता पनि साइकल रोक्ने ठाउँको संकेतस्वरुप यस्तो रङ पोतिएको छ ।’
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.