बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुमा भीडभाड बढ्यो

आइतबार, ०२ कात्तिक २०७७, १५ : २०
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौं । कोभिड संक्रमणको जोखिमका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइचो बढेको छ । बैंकहरुले सबै शाखा कार्यालयहरुमार्फत सेवा दिएपनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भीडभाड बढेको देखिन्छ । दशैं नजिकिँदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकोले पनि भीड बढेको देखिएको छ । कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडकसम्मै आएको देखिएको छ ।

कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भीडभाड बढेको बैंकर्सहरु बताउँछन् । बैंकहरुले डिजिटल बैंकिङमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएपनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंकसम्म पुग्नैपर्ने बाध्यता रहेको छ । यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरि पनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप