मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले बनाउने भयो ८ सय सदस्यीय केन्द्रीय समिति

आइतबार, ०२ कात्तिक २०७७, १५ : ४९
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । भोलिदेखि बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठकबाट सो पार्टीले विधान संशोधन गर्न लागेको हो । स्रोतकाअनुसार विधान अनुसार केन्द्रीय समितिको संख्या ७०१ रहेको छ, त्यसलाई बढाएर ८ सय सदस्यीय बनाउन लागिएको हो ।

गत बैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल गठन भएको थियो । विधानअनुसार ७०१ जनाको केन्द्रीय समिति बनाउनुपर्ने तर राजपा नेपालबाट आवश्यकताभन्दा बढी नाम जसपामा गएकोले त्यसलाई मिलाउनका लागि ७०१ बाट ८ सय बनाएको लागिएको कार्यकारिणी समितिका एक नेताले बताए ।

त्यसका साथै बैठकले पार्टीको नियमावली पनि बनाउने छ । नियमवालीको ड्राफ तयार भइसकेको छ । सो विषयमा भने बैठकमा छलफल गरी टुगों लगाइनेछ । बैठकले संघीय परिषद्को गठन गर्नुको साथै कार्यकारिणी समितिका सदस्यहरुको कार्य विभाजन समेत गर्नेछ । पार्टीलाई प्राप्त नमावलीको आधारमा ८ सय सदस्यीयको केन्द्रीय समिति पनि बैठकबाट घोषणा गरिनेछ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकको सम्पूर्ण तयारी पुरा भएको छ । सरकारले कोरोनाका कारण तोकेको मापदण्डअनुसार बैठक सञ्चालन गर्ने जसपा नेपालले जनाएको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप