शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभर थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ३९३४१ पुगे

आइतबार, ०२ कात्तिक २०७७, १६ : ३३
आइतबार, ०२ कात्तिक २०७७

बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् । 
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार ८७५ जनाको भएको छ भने काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना गरी उपत्यकामा कुल  १ हजार ६९८ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यस्तै थप१२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप