बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, ०२ कात्तिक २०७७, १६ : ४०
आइतबार, ०२ कात्तिक २०७७

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

उनका अनुसार बितेको २४ घण्टामा देशभर भने २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ । 
यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् । 

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यस्तै थप१२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ। हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर हुँदा कुल संक्रमित १ लाख ३२ हजार २४६ पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप