शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अबदेखि कोरोना संक्रमितको उपचार खर्च आफैंले ब्यहोर्नुपर्ने

आइतबार, ०२ कात्तिक २०७७, १७ : ४७
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौं । अबदेखि कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ताडा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका छन् । तर सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक लगायतलाई भने निःशुल्क उपचार गर्ने उनले बताए ।

गौतमकाअनुसार जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क हुन्छ ।  उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए । तर कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट लिइने पनि उनले बताए ।

अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताए । उनले २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको स्पष्ट पारे । डा.गौतमले उक्त निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप