बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संसारकै पहिलो मास मार्केटेड विद्युतीय गाडी ‘निशान लिफ’ नेपाल आउँदै

आइतबार, ०२ कात्तिक २०७७, १७ : ४८
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । 

 विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडीका लन्च कार्यक्रम पूर्व निर्धारित समयमा हुन सकेको थिएन। तर नेपाल सरकारले विद्युतीय सवारीको करलाई पूनरावलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडि २०२१ साल अप्रिलमा लन्च हुने भएको छ।  

निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो र यो गाडी विद्युतीय गाडिको मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ। निशान लिफ निसानको विद्युतीय गाडीहरुमा सबैभन्दा उन्नत कार हो।

निशान लिफ संसारभर २,५०,००० भन्दा बढी बिक्री भैसकेको छ। यस कारणले पनि निशान लिफ आम सर्वसाधारणहरुको सहज पहुँचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ। पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । 

उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारी को रुपमा परिचित छ। अधिक हर्शपावर र टर्क सहित आउने निशान लिफमा उत्कृष्ठ टेक्नोलोजी र फिचरहरु छन। 

४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक र्इ–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। र्इ–पेडलमा एक्सिलेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुँदैं जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप