नेपाल बैंकले ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने
काठमाडौं । बिक्रम संम्वत् १९९४ कात्र्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भई संचालनमा आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ ।
देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टरमार्फत देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।
बैंकले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यहि कार्तिक १ गते देखी निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो शेयर, सी आस्वा र भिसा डेविट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।
बैंकले वार्षिकोत्सवको शुभ–अवसरमा आफ्ना ग्राहकहरुमा अझ बढी अत्याधुनिक बैंकिङ्ग सेवा, सुविधाहरु प्रदान गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव