बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा भएको झडपमा सात सैनिक र पाँच तालिबानको मृत्यु

आइतबार, ०२ कात्तिक २०७७, १९ : १४
आइतबार, ०२ कात्तिक २०७७

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरुबीच भएको झडपमा परी सात जना सैनिक मारिएका छन् । सो झडपमा परेर अरु कम्तीमा पनि पाँच जना तालिबानी लडाकूको मृत्यु भएको एक स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् । कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा भएको झडपमा परी ती सैनिक मारिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार उक्त क्षेत्रमा रहेको सुरक्षा जाँच चौकीमा ठूलो संख्यामा आएका लडाकूहरुले हातहतियारले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा ती सैनिक मारिएका बताइएको हो । त्यसैगरी सो झडपका क्रममा अरु पनि केही सैनिक घाइते भएका पनि बताइएको छ ।

उक्त जिल्लामा केही दिनयतादेखि तालिबानी लडाकूहरुले निरन्तर आक्रमण गर्दै आएका छन् । उता कतारको दोहामा अफगान सरकार र तालिबानीबीच शान्ति वार्ता जारी रहेको छ । तर पनि यता भने तालिबानीहरुले आक्रमण गर्न छोडेका छैनन् । एएनआइ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप