केन्द्रीय संस्करण

कीर्तिमानी गीतकार डा .डीआर उपाध्यायलाई कोरोना संक्रमण

person explore access_timeकात्तिक २, २०७७ chat_bubble_outline0

काठमाडौं । कीर्तिमानी गीतकार डा .डीआर उपाध्याय कोरोना संक्रमिच भएका छन् । बिहिबार शरिर दुख्ने, जरो आउने लगायत भएपछि कोरोना परिक्षण गराएका उपाध्यायको शनिबार संक्रमण पुष्टि भएको हो ।

उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सुरक्षित र सतर्क रहन  समेत अनुरोध गरेका छन् । उपाध्याय निजि डाक्टरको सल्लाहमा होम आइसोलेसनमा रहेका छन् । 

यसै बीच उपाध्यायको नयाँ गीत ‘आफ्नै छायाले छोडेर’ सार्वजनिक भएको छ । स्वरुपराज आचर्यको स्वर, सागर अधिकारी ‘शरद’को संगीत र देवेन्द्र नेवाःको संगीत संयोजन रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो ।

कृष्ण पौडेलको निर्देशन गीतको भिडियोमा असिम दाहाल, सविना शर्मा र पुण्यप्रसाद वन्जाराको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन छ ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रेकर्ड कायम गरेका छन् । 

उनले चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत बनाएका छन् । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.