बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलारुसमा विपक्षीको प्रदर्शन, १०० भन्दा बढी पक्राउ

आइतबार, ०२ कात्तिक २०७७, २२ : ४९
आइतबार, ०२ कात्तिक २०७७

एजेन्सी । बेलारूसमा भ्रष्टाचार विरोधी अभियानमा सहभागी विपक्षी दलका दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।  बेलारूसी प्रहरीले आइतबार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीले विपक्षीको आन्दोलन हिंसात्मक बन्न थालेपछि प्रदर्शनमा सहभागी उनीहरूलाई पक्राउ गरेको बताएको छ । 

बेलारूसी आन्तरिक मन्त्रालयका प्रवक्ता ओल्गा चेमोडानोभाले एएफपीसँग भने, “अहिलेसम्म १०० जनालाई मिन्स्कमा पक्राउ गरिएको र उनीहरूमध्ये केहीलाई सोधपुछ गरी रिहा गरिसकिएको र केहीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको बताउनुभयो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप