शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्दिरमै ‘खिइयो’ २ किलो सुन

सोमबार, ०३ कात्तिक २०७७, ०७ : १४
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौँ – पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ । 

अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो । अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो । 

पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्यश्वरीका पुजारीलाई पत्राचार गरेको थियो । तर, लामो समय त्यसलाई गुपचुप राखियो । कोषका पदाधिकारीलाई घटस्थापनाका दिन बर्षेनि गरिने पर्वपूजामा यसपटक पुजारीले रोके । 

त्यससँगै सुन हराएको प्रसंग पुनः खोतलिएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप