शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकै खेलमा उत्कृष्टदेखि हस्यास्पद : तीन गोलको अग्रता गुमाउँदै रोकियो स्पर्स

सोमबार, ०३ कात्तिक २०७७, ०८ : १५
सोमबार, ०३ कात्तिक २०७७

तीन गोलले पछि परेको स्थितिलाई उल्टाउँदै वेस्ट ह्यामले टोटनह्याम हटस्पर्सविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अंक बटुल्न सफल भएको छ । खेलको ८२ औँ मिनेटसम्म स्पर्सले ३–० ले अग्रता बनाएपनि अन्तिम सम्हालिन नसक्दा खेल ३–३ को बराबरीमा सकिएको हो ।

यसअघि खेलको शुरुवाती १६ मिनेटमा नै तीन गोल गर्दै स्पर्सले खेलमा नियन्त्रण बनाएको थियो । पहिलो मिनेटमा सन ह्युङ मिनले गोल गरे भने आठौँ मिनेटमा  र १६ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई ३–० को अग्रता दिलाए ।

जीततर्फ अघि बढिरहेको स्पर्सबिरुद्ध फाबियन बाल्बुयनाले खेलको ८२ औँ मिनेटमा एक गोल फर्काए । लगत्तै डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल निकै रोमाञ्चक मोडमा पुग्यो । इन्जुरी समयमा मानुएल लाजिनीले गोल गर्दै खेल बराबरी गरे ।

यसअघि, रियल म्याड्रिडबाट स्पर्स आइपुगेका गेराथ बेलले इन्जुरी समयमा गोलको सुन्दर अवसर गुमाएका थिए ।

बराबरीपछि टोटनह्याम लिगको छैटौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप