शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केएमसी अस्पतालको तेस्रो तलाबाट युवा हाम्फाले

सोमबार, ०३ कात्तिक २०७७, ०९ : ४६
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट २६ वर्षीय युवाले हाम्फालेर आत्महत्या प्रयास गरेका छन् । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका रोशन खड्काले हाम्फालेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।

खड्काको अवस्था गम्भीर छ । अहिले उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठीक नभएको अस्पताल स्रोतले जनाएको छ ।

आइतबार डेरामा आफैलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला उनि हाम्फालेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप