आईपीएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ
सोमबार, ०३ कात्तिक २०७७, १० : ५६
हाल यूएईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक २ गते राति साढे ११ बजे बिराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साहलाई पक्राउ गरेको हो । उनले फोनमार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत सट्टाबाजी गर्ने गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
सट्टेबाजीमा संलग्न ३५ वर्षीय मन्जित्र साह र २८ वर्षीय अपजर अलीसमेत पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुका साथबाट २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र र को १८ प ६८८९ नम्बरको पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने