अपहरण मुद्दामा १७ वर्ष कैद तोकिएका नरेश मेचे पक्राउ
काठमाडौं । झापा बिर्तामोड नगरपालिका–६ का सुनिलकुमार अग्रवाललाई अपहरण गरेर बन्धक बनाउने नरेश मेचेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले ६ वर्षपछि पक्रेको छ । ०७१ माघमा नरेशको समूहले अग्रवाललाई झापाको धरमपुरमा बन्धक बनाएका थिए । उद्धार गर्न पुगेका प्रहरीलाई गोली हानेर भागेका मेचेलाई झापा जिल्ला अदालतले ०७३ असारमा १७ बर्ष कैद र १ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।
मेचेलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेर फैसला कार्यान्वयनका लागी झापा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीले रातोपाटीलाई बताए । झापाका मेचीनगर नगरपालिका घर भएका ३८ वर्षीय नरेशसँगै अपहरणमा संलग्न अन्य ८ जनालाई प्रहरीले यसअघि नै पक्रेर मुद्दा चलाएको छ ।
बजरंग पन्सारी अग्रवाल समेतले सुनिललाई अपहरण गरेर एम्बुलेन्समा हाली धरमपुर–२ स्थित हर्कबहादुर कन्दको घरमा बन्धक बनाएका थिए । घटनामा संलग्न आरोपी बिरुद्ध प्रहरीले अपहरण शरिर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु