जनकपुरमा लाखौ मूल्य बराबरको सुनसहित १ जना पक्राउ
जनकपुर । जनकपुरधाम ७ भमरपुरा चौकबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छन् । सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो ।
सशस्त्र सीमा सुरक्षा बल गण नम्बर ८ जनकपुर हेडक्वाटरबाट प्रहरी निरिक्षक शम्भु कटुवालको नेतृत्वमा खटि गएको प्रहरी टोलीले १५ लाख मूल्य बराबरको गाडी सहित सो सुन बरामद गरिएको प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।
प्रहरीले सुनसहित गाडी धनी महोत्तरी जिल्ला बला नगरपालिका ७ निवासी ३४ वर्षीय रामचन्द्र दासलाई समेत पक्राउ गरेको उनले बताए । पक्राउ परेका दास र ३१ लाख २३ हजार ८ सय रुपैया बराबरको गाडी र सुन सहित आवश्यक कारवाहीका लागि आइतवार भन्सार कार्यालयमा बुझाइ सकिएको प्रहरी निरिक्षक कटुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरीमा डुबेर बालिकाको मृत्यु
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन