शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैदीबन्दीको कोरोनो परीक्षण गर्ने व्यवस्था गर्न माग

सोमबार, ०३ कात्तिक २०७७, १६ : ०१
सोमबार, ०३ कात्तिक २०७७

मानव अधिकार तथा शान्ति समाजले नवलपरासीमा रहेको कारागार कार्यालयको अनुगमन गरेको छ ।

शान्ति समाजले कोरोनाले कारागारमा पारेको प्रभाव, कैदीबन्दीहरुलाई खानेपानी अवस्था,कारागारभित्र रहेका विरामी कैदीबन्दीहरुको उपचारलगायतका विषयलाई लिएर स्थलगत अनुगमन गर्दै सरोकारबालासँग छलफल समेत गरेको छ ।

समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालको नेतृत्वको अनुगमन टोलीले स्वास्थ्यसम्वन्धी मौलिक हक हनन गर्न नमिल्ने भन्दै कैदीबन्दीले आम नेपाली सरह स्वास्थ्यको मैलिक हक प्रयोग गर्न पाउनु पर्ने ठहर गरेको छ । समाजले कैदीबन्दीले उपयुक्त स्वास्थ्य सुविधा नपाएका देखिएकाले कोरोनो परीक्षण गर्ने तथा अन्य स्वास्थ्य उपचार गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप