केन्द्रीय संस्करण

कोरोना संक्रमितहरुको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्योः २१ वामपन्थी दल

person explore access_timeकात्तिक ३, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित २१ वामपन्थी दलहरुले कोरोना संक्रमित नागरिकको उपचार आफैंले गर्नुपर्ने भन्ने सरकारको निर्णयको विरोध गरेका छन् । सोमबार २१ दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा संक्रमितहरुको उपचारमा राज्यले उपचार गर्नबाट पछि हट्न नहुने बताएका हुन् ।

विप्वव नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी‚ सिपी मैनाली नेतृत्वको नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल लगायत २१ वामपन्थी दलहरुले सरकार नागरिकको उपचार गर्नबाट पछि हटेको आरोप लगाउँदै संविधानको धारा १५ को समेत खुला उल्लंघन भएको ठहर गरेका छन् । विज्ञप्तिमा यसअघि सर्वोच्च अदालतले सबै नागरिकको निशुल्क उपचार गर्न दिएको आदेशेको समेत  उपहास गरेको जनाइएको छ ।

ती दलले आम नागरिकको बाँच्न पाउने अधिकारमाथि समेत अतिक्रमण गरेको आरोप लगाउँदै उक्त निर्णय अबिलम्ब खारेज गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.