प्रदेश १ मा ३३२ कोरोना सङ्क्रमित थपिए
सोमबार, ०३ कात्तिक २०७७, १८ : २२
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३३२ जना कोरोना सङ्क्रमित थपिएका छन् जसमा १३२ महिला र २०० पुरुष छन । थपिएका सङ्क्रमितमा मोरङमा १४४ मध्ये ७१ विराटनगरमा, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा छ , सङ्खुवासभामा चार, इलाममा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा ४६५ जना डिस्चार्ज पनि भएका छन् ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ९८८ पुगेको छ भने अहिलेसम्ममा छ हजार ३९ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा आज एक हजार १४४ सहित कुल एक लाख ४७ हजार ९९४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ