शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुख सापकोटाको दशैं भत्ता पनि कोरोना कोषमा

सोमबार, ०३ कात्तिक २०७७, १८ : ३७
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई आउने दशैं भत्तावापतको रकम कोरोना कोषमा राख्ने निर्णय गरेका छन् । सभामुख सापकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दैै उनले आफुलाई प्राप्त चाडपर्व खर्च कोरोना कोषमा उपलव्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् । उनले मुलुक कोरोना महामारी र आर्थिक संकटमा रहेका बेला सत्ता पक्ष र प्रतिपक्ष दलहरुले गरेको सुझबुझपूर्ण निर्णयप्रति हार्दिक धन्यवाद समेत दिएका छन् ।

सभामुख सापकोटाले  संघीय संसदका सदस्यहरु तथा संसदीय दलका पदाधिकारीहरु लगायत पार्टी नेतृत्वबाट गरिएको सराहनीय प्रयासमा प्रदेशसभाका माननीय सदस्यहरुबाट पनि सकारात्मक प्रतिक्रियासहित सहयोग जुट्ने आशा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप