शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काकाको हत्या अभियोगमा एक पुरुष पक्राउ

सोमबार, ०३ कात्तिक २०७७, १९ : २७
सोमबार, ०३ कात्तिक २०७७

पोखरा । आफ्नै काकाको हत्या अभियोगमा पोखरामा एक जना समातिएका छन् । पोखरामा बसेर ज्याला, मजदुरी गरेर बस्दै आएका ओखलढुंगाका इन्द्रबहादुर तामाङलाई प्रहरीले समातेको हो । साविक मुलखर्क गाविस वडा नम्बर २ हालको सुनकोशी गाउपालिका वडा नम्बर ५ बान्द्रे स्थायी भएका तामाङ बिगत ३ वर्षदेखि पोखरा तथा आसपासका ईलाकामा ज्याला मजदुरी काम गर्दै आएका थिए ।

२०७६ साल कार्तिक महिनादेखि पोखरा महानगरपालिका वडा नम्बर २० स्थित मजुवा बिसौना विजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणको काम गर्दै आएका ५५ वर्षीय  टंकबहादुर तामाङलाई प्रहरीले बैशाख २१ गते बिहान ६ बजे उनी बस्दै आएको मजुवा जंगल छेउमा पाल र स्याउलाले बारबेर बनाएको छाप्रोमा टाउको तथा अनुहारमा गम्भिर चोट लागेको र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

घटनास्थलमा निज मृतक टंकबहादुर तामाङको टाउको र अनुहारमा चोटपटक लागि नाक, मुख र कानबाट रगत निस्केको अबस्थाको शव फेला परेको उनले जानकारी दिए । थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउँदा उक्त स्थानमा निज मृतक टंकबहादुर तामाङ, दाईको छोरा ईन्द्रबहादुर तामाङ र सिन्धुली घर भई पोखरा बस्दै आएको २४ वर्षीय पन्थबहादुर तामाङसँगै बस्दै आएका थिए ।

ईन्द्रबहादुर तामाङ खोजतलास गर्दा फेला नपरेको र पन्थबहादुर तामाङसँग सोधपुछ गर्दा गएको बैशाख २० गते बेलुकी ३ बजे ३ जना बसी रक्सी र मासु खाएको र भाँडा खसालेको बिषयमा निज मृतक टंकबहादुर तामाङ र ईन्द्र बहादुर तामाङ बीच झगडा सुरु भएको थियो । उनले बयानको क्रममा सँधै झगडा गर्ने बताएको डिएसपी हमालले जानकारी दिए । झगडा गरी सुत्न दिदैनन् भनि निज पन्थबहादुर तामाङ घटनास्थलबाट अन्दाजी १५० मिटर टाढा रहेको नारायण भन्ने व्यक्तिको घरको पिढीमा गई सुत्न गएको र भोलिपल्ट बिहान उनी उक्त स्थानमा आउँदा टंकबहादुर तामाङको लाश देखेको र ईन्द्रबहादुर तामाङ नदेखेको बताएका थिए ।

घटनाका सम्बन्धमा मृतकको छोराले ईन्द्रबहादुर तामाङको विरुद्धमा किटानी जाहेरी दिएका थिए । घटनास्थलमा मुचुल्का, लाश जाँच प्रकृति मुचुल्का र पोष्टमार्टम भएको थियो । अभियुक्त ईन्द्रबहादुर तामाङका बारेमा बिभिन्न स्थानहरुमा खोजतलास गर्दा सोमबार लमजुङको सोती पसलमा फेला पारेर पक्राउ गरिएको डिएसपी हमालले जानकारी दिए । लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर २ सोती पसलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक सोधपुछको क्रममा उनले घटना स्वीकार गरेको डिएसपी हमालले जनाए । अभियुक्त तामाङलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य अगाडी बढाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप