बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा चोरीको रकमसहित २ जना पक्राउ

सोमबार, ०३ कात्तिक २०७७, १९ : ३४
सोमबार, ०३ कात्तिक २०७७

पोखरा । पोखरामा चोरी गरेको रकमसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले चोरी गरेको १ लाख ३० हजार रुपैयाँसहित पक्रेको हो । प्रहरीकाअनुसार गत २४ गते कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोकस्थित तुलसी अधिकारीको सारदा एण्ड सरोज किराना पसलबाट नगदसहित रिचार्ज कार्ड र औंठी लगायतका सामान पनि चोरी गरेका थिए ।

चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा आइबार अभियुक्त मध्येका ३० वर्षीय मधु थापालाई पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उनकै डेराकोठाबाट चोरी भएको सामानसहित पक्राउ गरेको डिएसपी हमालले जानकारी दिए । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको छ ।

यस्तै, अर्का अभियुक्त ३८ वर्षीय सूर्यबहादुर घर्तीलाई माछापुछ्रे गाउँपालिकाबाट समातेको थियो । दुवैमाथि थप अनुसन्धान भई रहेको डिएसपी हमालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप