बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अञ्जुसँग डिबीले ल्याए ‘ताप्लीको रानीपोखरी’

सोमबार, ०३ कात्तिक २०७७, २२ : २३
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाएकी छन् । गायक तथा संगीतकार डिबी खड्का हरेक गीतसंगीत फरक र नौलो शैलीमा पस्किन माहिर छन् । यो गीतमा पनि उनले केही नौलो शैली दिने कोसिस गरेका छन् । लोक शैलीमा तयार गीतका संगीत एरेन्जर देबेन्द्र नेवाले गरेका छन् ।

गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अञ्जली अधिकारी, शोभित प्रसाईको रोमान्स देख्न सकिन्छ । प्रकाश खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् । गीतको शब्द तथा संगीतमा आफुले निकै मिहिनेत गरेको संगीतकार खड्काले बताए । ‘लोकशैलीमा बजारमा आएका भन्दा फरक शैलीमा गीत बनेकोले सबैको रोजाइमा पर्छ भन्ने विश्वास लागेको छ’ खड्काले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप