शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जानकी मन्दिरको भत्काइएको पर्खाल मंगलबारदेखि निर्माण हुने

सोमबार, ०३ कात्तिक २०७७, २२ : २९
सोमबार, ०३ कात्तिक २०७७

जनकपुर । जानकी मन्दिरको भत्काइएका पर्खालको निर्माण कार्य शुरु हुने भएको छ । एकीकृत शहरी विकास योजना अन्तर्गत सडक विस्तारको क्रममा मन्दिरको पर्खाल अतिक्रमण गरी नयाँ पर्खाल निर्माण गरेको भन्दै स्थानीयवासीले विरोध गरेका थिए । त्यसपछि केहि वडाध्यक्षहरुको नेतृत्वमा अतिक्रमण गरी निर्मित गरिएको पर्खाल भत्काएको थियो । अहिले नापी कार्यालय धनुषाको प्रतिवेदनका आधारमा पुनः मंगलबार देखि पर्खाल निर्माण हुन लागेको हो ।

गुठी संस्थान जनकपुरधामको गत असोज ३० गते बसेको बैठकले जानकी मन्दिरको पर्खाल निर्माणका लागि सरोकारवाला पक्षलाई सहयोगका लागि अपिल गरेको थियो । सो निर्णयअनुसार मंगलबारदेखि जानकी मन्दिरको साबिककै ठाउँमा पर्खाल निर्माण हुने गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप