
भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी
बुटवल । रुपन्देहीको भैरहवामा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको सो सप्लायर्समा इन्धन बोकेर आएको ट्याङ्करबाट ट्याङ्कीमा तेल खन्याउने क्रममा आगलागी भएको हो ।
आगलागीका कारण लु २ ख १५४१ नम्बरको ट्याङ्कर पूूर्णरुपमा नष्ट भएको छ भने २० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जनाएको छ । त्यसैगरी आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हातखुट्टा पोलेर सामान्य घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।
आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट आएका दमकलले निभाएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ