शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्मेनियातर्फ मर्ने सिपाहीको संख्या निरन्तर बढ्दै, अजरबैजानले किन लुकायो क्षति विवरण  ?

सोमबार, ०३ कात्तिक २०७७, २३ : ४८
सोमबार, ०३ कात्तिक २०७७

एजेन्सी । अजरवैजानविरुद्ध जारी लडाईमा अर्मेनियातर्फ मर्ने सिपाहीहरुको संख्या निरन्तर बढिरहेको छ । सोही क्रममा अहिलेसम्म अर्मेनियाका ७२९ जना सैनिकको मृत्यु भएको जनाइएको छ । सोमबार अर्मेनियाली सेनाले मर्ने सैनिकको सूचीमा १९ जनाको नाम थपेसँगै मृतकको संख्या ७२९ पुगेको हो ।

यद्यपि, अर्मेनियाको रक्षा मन्त्रालयका अनुसार यो तथ्यांक अपूर्ण हुनसक्छ, किनभने पछिल्लो समयमा निरन्तर जारी रहेको लडाईमा मरेका सैनिकको आंकडा प्राप्त गर्न ढिलाई भैरहेको छ । उता, अजरबैजानले भने अहिलेसम्म कुनै किसिमको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

अजरवैजानले क्षति विवरण किन लुकाइरहेको छ भन्ने विषयमा केही कुरा बाहिर आएको छैन । यद्यपि,अजरवैजानका राष्ट्रपति इल्हाम एलिएभले युद्ध समाप्त भएपछि मात्र क्षतिको विवरण सार्वजनिक गर्ने बताएका छन् । सोमबार अजरबैजानतर्फबाट प्राप्त सूचनाअनुसार अगाडाम क्षेत्रमा भएको गोलीबारीमा ४ व्यक्ति घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप