शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेडक्रसमा अनियमितता : पूर्व पदाधिकारीले फिर्ता गर्न मानेनन् भूकम्पपीडितको पैसा, पुन: ताकेता

मङ्गलबार, ०४ कात्तिक २०७७, ०७ : ५६
मङ्गलबार, ०४ कात्तिक २०७७

पत्रमा उल्लेख छ, ‘तपाईले यस संस्थाबाट लिनु भएको रकम ४५, ६२, ५००। अक्षरेपी पैतालिस लाख बैसठ्ठी हजार पाँच सय ०७७।०७।६ गतेभित्र नेपाल रेडक्रसको केन्द्रीय कार्यालयको स्ट्याण्डर्ड चाटर्ड बैंक  लि. मा रहेको खाता नम्वर १७–०००३७९४–०१ मा जम्मा गरि दिनु हुन निर्देशानुसार अनुरोध गर्दर्छौ ।’

रातोपाटी । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको निर्देशन अनुसार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय काठमाडौंले संजीव थापा नेतृत्वको पूर्वकार्यसमितिलाई संस्थाको खातामा रकम जम्मा गर्न पुन: ताकेता गरेको छ । नेपाल रेडक्रसले असोज २९ गतेको मितिमा पुर्व पदाधिकारीहरुलाई पुन: ताकेताको पत्रचार गरिएको रातोपाटीले फेला परेको छ । अस्ति कात्तिक २ गते पूर्व कार्यसमितिको हातमा पत्र थमाइएको स्रोत बताउँछ ।

ताकेता पत्रमा उप कार्यकारी निर्देशक सुर्दशन अधिकारीले हस्ताक्षर गरेका छन् । जसमा पूर्वअध्यक्ष थापालाई पर्सी असोज ६ गतेभित्र रकम फिर्ता गरिदिन आग्रह गरिएको  छ । पत्रको अन्त्यमा उल्लेख छ, ‘तपाईले यस संस्थाबाट लिनु भएको रकम ४५, ६२, ५००। अक्षरेपी (पैतालिस लाख बैसठ्ठी हजार पाँच सय) ०७७।०७।६ गतेभित्र नेपाल रेडक्रसको केन्द्रीय कार्यालयको स्ट्याण्डर्ड चाटर्ड बैंक लि. मा रहेको खाता नम्वर १७–०००३७९४–०१ मा जम्मा गरि दिनुहुन निर्देशानुसार अनुरोध गर्दर्छौँ ।’

खासमा पत्रमा महामन्त्री पिताम्वर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले हस्ताक्षर गर्नु पर्ने थियो । तर, अर्याल र ढकाल दुवै पूर्व अध्यक्ष संजीव थापाका दाहिना हुन् । त्यही भएर पत्रमा उपकार्यकारी निर्देशक अधिकारीले हस्ताक्षर गरेका हुन् ।

रेडक्रसका महामन्त्री पिताम्वर अर्याल भने आफुले पत्रमा हस्ताक्षर गर्नु वा नगर्नु ठूलो कुरा नभएको बताउँछन् । भ्रष्टाचारका सवालमा रेडक्रस कार्य समितिको बैठकमा निर्णय गरियो कि गरिएन ? त्यो महत्त्वपूर्ण हुने अर्यालको भनाई छ । ‘हामीले भित्र व्यवस्थापनबाट निर्णय गरेका छौ । निर्णयको कार्यान्वयन उप कार्यकारी निर्देशकले गर्नुहुन्छ । मैले हस्ताक्षर गर्न नमानेको भन्ने पनि होइन’, रातोपाटीसँग अर्यालले भने, ‘म स्पष्ट छु, भ्रष्टाचारका विषयमा आफ्नै परिवार भएपनि छाडदिनँ । किनकी मैले कसैको केही खाएको छैन । तलमाथि गरेको छैन । नेपाल रेडक्रसलाई शुद्ध, स्वच्छ बनाऔँ भनेर म आएको हुँ । त्यसैले मैले गलत नियत राखेर अरुलाई जोगाउने कुरै हुँदैन ।’ रेडक्रसलाई सुधार्न नसके आफु छाड्न तयार भएको तर आर्थिक अनियमिततामा आफु लचक हुन नसक्ने अर्यालको दावी छ ।

यद्यपि पत्रमा हस्ताक्षर गर्नपर्‍यो भन्दा अर्यालले ‘म नगरौँ होला । छानविन गर्ने निकाय सरकारले नै ताकेता गरेर पूर्वपदाधिकारीबाट रकम असुल गरे म केही भन्न सक्तिनँ । रेडक्रसबाट म हस्ताक्षर नगरौँ’ भन्दै पन्छिएका स्रोत बताउँछ । जानकारहरुका अनुसार संजीव थापाले गरेको भ्रष्टाचारको सवालमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघ संस्था विभाग प्रमुख अमृत अर्यालसमक्ष मौन बस्ने प्रतिबद्धता गरेर अर्याल महामन्त्री भएका थिए । त्यसैले थापाबाट रकम असुल गर्ने पत्रमा हस्ताक्षर गर्न उनले आनाकानी गरेका स्रोतको दावी छ ।

यता, कार्यकारी निर्देशक ढकालले भने संजीव थापालाई जस्तै वर्तमान पदाधिकारीहरुलाई रिझाउन लागि परेका छन् । त्यसैले कार्य समितिले उनलाई निर्णय गरेर हटाउन सकेको छैन ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप