‘छ माया छपक्कै’को सिक्वेल बन्ने
काठमाडौं । फिल्म ‘छ माया छपक्कै’को सिक्वेल निर्माण हुने भएको छ । गत वर्षको हिट फिल्म ‘छ माया छपक्कै’ले १४ करोड ग्रस कलेक्सन गर्न सफल भएको थियो ।
फिल्मको सिक्वेल पनि ‘छ माया छपक्कै’का निर्माता रोहित अधिकारीले बनाउन लागेका हुन् । फिल्मको सिक्वेलको लागि स्क्रिप्टमा काम भइरहेको अधिकारीले जानकारी दिए ।
‘‘छ माया छपक्कै’ दर्शकले एकदमै मनपराएको फिल्म हो,’ अधिकारीले भने, ‘अहिले सिक्वे्लको धेरै माग भएको छ । त्यो पनि बन्छ ।’
फिल्मको सिक्वेल बनाउन केही समय लाग्ने अधिकारीले सुनाए । ‘छ माया छपक्कै’को सिक्वेल अगाडि एक फिल्म गर्ने तयारी गरेका अधिकारीले त्यसपछि मात्र सिक्वेल निर्माण हुने बताए । फिल्ममा पहिले सिक्वेलका केही पात्र भने परिवर्तन हुनेछन् ।
रोहितले ‘छ माया छपक्कै’ दीपकराज गिरी र दीपाश्री निरौलाको टिमसँग मिलेर बनाएका हुन् । दीपकदीपाको टिमले मुनाफाको ५० प्रतिशत लिने सहमतिमा रोहितसँग सहकार्य गरेका थिए ।
‘छ माया छपक्कै’मा दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, नायिकाद्धय केकी अधिकारी, सुपुष्पा भट्टको मुख्य भूमिका रहेको थियो । चलचित्र दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै