बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा ड्युटी गएका प्रहरी जवानको शव पनि मोहना नदीमा फेला

असई बिकको पेस्तोल र मोबाइल नदीमा भेटियो
मङ्गलबार, ०४ कात्तिक २०७७, १२ : १५
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । कैलालीस्थित अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा भेटिएको छ ।  शनिवार साँझ असई गोविन्द बिकसँगै ड्युटी गएका साउदको शव मोहनामा भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले रातोपाटीलाई बताए । 

साउदको घाँटीमा घरेलु हतियार प्रहार गरेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल धनगढीमा पठाउने तयारी भइरहेको छ । 
अछाम घर भएका साउदलाई सँगै लिएर मोटरसाइकलमा गस्ती गएका असई बिकको शव पनि आइतरबार मोहनामै फेला परेको थियो । गोविन्दको शव फेला परेको करिब दुई सय मिटर उत्तर पश्चिममा उनको शव भेटिएको हो । 
गोविन्दले बोकेको पेस्तोल र मोबाइल मोहना नदीबाट प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गरिरहेको छ । हालसम्म अनुसन्धानका लागी १३ जनालाई नियन्त्रणमा लिइएको एसएसपी सिंहले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप