मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान

मङ्गलबार, ०४ कात्तिक २०७७, १२ : ४४
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ । रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । ट्राफिक लाइट जडान गरी महाशाखालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले विभिन्न संघसंस्था र स्थानीय तहसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालन गरिएको बताए ।

आज (मंगलबार) सम्म काठमाडौं उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आइसकेको पनि उनले बताए । उपत्यकामा ९ वर्षदेखि बिग्रिएर रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालनमा ल्याउँदा ट्राफिक व्यवस्थापनमा सहज भएको पनि ढकालले बताए । लाइटको माध्यमाट ट्राफिक व्यवस्थापन गर्दा कम जनशक्ति लाग्ने मात्र नभई नागरिकमा प्रविधिप्रति सम्मान गर्ने भावनाको विकास हुने पनि उनले बताए ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजना अनुरुप विभिन्न स्थानमा विग्रिएर रहेका लाइटहरुको मर्मत गरी प्रयोग गरिएको पनि ढकालले बताए । यस्तै उपत्यकामा रहेका सबै सिसि क्यामरामार्फत निगरानी गर्ने कार्यलाई पनि प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको छ । यस्तै ट्राफिकबाट दिइने कुनैपनि सेवालाई अनलाइनमार्फत गर्ने व्यवस्था गरिएको पनि उनले बताए । कुनैपनि सवारी साधन कारबाहीमा परेमा सडकबाटै तत्काल राजश्व बुझाउन सक्ने प्रणालीको विकास गर्न लागिएको पनि ढकालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप