शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन

मङ्गलबार, ०४ कात्तिक २०७७, १३ : ३८
मङ्गलबार, ०४ कात्तिक २०७७

ललितपुर । ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ ।  ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् ।  महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो । 

लपु महानगर प्रमुख चिरीबाबु महर्जनले सो पोशाक लगाएर नगर प्रहरी स्मार्ट भएसँगै नगरलाई पनि स्मार्ट बनाइने बताए । हाल महानगरपालिकामा ७२ नगर प्रहरी कार्यरत  छन् । ती सबैलाई पोशाक वितरण गरिएको छ । यसैगरी महानगरपालिकालाई स्मार्ट शहर बनाउन स्मार्ट सडक बत्ती र खुला स्थानमा उद्यान निर्माणको काम अघि बढाइएको महर्जनले जानकारी दिए । 

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले विगतको पोशाक भद्दा भएकाले नयाँ ल्याइएको बताए। उनले भने, “यो पोशाकमा हामी स्मार्ट देखिने छौं । हामी नगरवासीको  सहयोगी साथी भएकाले अबदेखि लाठी बोक्ने छैनौँ ।” नगर प्रहरीलाई स्मार्ट बनाउन क्यामरा पनि दिइएको हाछेथुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप