शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको संशोधित विधान पारित, केन्द्रीय समितिको आकार बढाएर ८०१ सदस्यीय बनाइयो

सांसदको दसैंभत्ता खारेज गर्न माग
मङ्गलबार, ०४ कात्तिक २०७७, १४ : ०१
मङ्गलबार, ०४ कात्तिक २०७७

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाइएको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको  कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले  बताए । विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उनको भनाइ छ । 

विधान संशोधन पारित भएसँगै अब केन्द्रीय समितिको संख्या ८०१ सदस्यीय हुने भएको उनले रातोपाटीलाई बताए । 
वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो । दुवै पार्टीलाई समायोजन गर्नका लागि आ-आफ्नो तर्फबाट केन्द्रीय सदस्यको नामावली दिँदा आवश्यकताभन्दा बढी नाम आएकाले केन्द्रीय समितिको संख्या बढाउन विधान संशोधन प्रस्ताव बैठकमा पेश भएको थियो ।
त्यस्तै, अनुशासनसम्बन्धी प्रावधानमा पनि संशोधन भएको छ । अनुशासन उल्लघंन भएमा त्यसबारेमा संगठन विभागले पनि अनुसन्धान गर्ने प्रावधान विधानमा थपिएको स्रोतले जनाएको छ । 

पार्टीको कारबाही प्रक्रियामा पनि केही खुकुलो बनाइएको छ । यसअघि पार्टीको हितविपरित काम गरेमा सिधै कारवाही गर्ने प्रावधान थियो भने अहिले सचिने मौका दिने प्रावधान राखिएको छ । त्यस्तै सदस्यतालगायतका केही विषयमा पनि संशोधन गरेको स्रोतले जनाएको छ ।

दसैं भत्ता खारेजको माग
यसैबीच जसपा नेपालले संसद सचिवालयबाट दिइएको दसैं भत्ता खारेजको माग गरेको छ । यदि सो खारेज नगरे जसपा नेपालले त्यो भत्ता नलिई कोभिड–१९ कोषलाई दिने निर्णय समेत गरेको छ । 

त्यस्तै, सरकारले आधारभूत शिक्षालाई खारेज गरेकोप्रति पनि जसपाले आपत्ति आपत्ति जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप