बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँ–तिहारको मौंका छोपी बजारमा ‘मेरो ब्राण्ड’

मङ्गलबार, ०४ कात्तिक २०७७, १४ : ०६
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डटकम अनलाईन सपिङ पोर्टलको उदय भएको छ । दशैँ–तिहार जस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै नयाँ अनलाईन सपिङ पोर्टल ‘मेरोब्राण्ड’ सार्वजनिक भएको हो । ईकमर्स बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ www.merobrand.com मार्फत मेरोब्राण्ड सपिङ अनलाइन पोर्टल बजारमा ल्याएको कम्पनीले बताएको छ । 

हालैमात्र सेवा शुभारम्भ गरेको कम्पनीले मेरो ब्राण्डको सेवा उत्कृष्ट र उपभोक्तामैत्री रहेको दाबी प्रस्तुत गरेको छ । निकै लामो संघर्ष र गृहकार्य पश्चात मात्र मेरो ब्राण्ड डटकमले बजारमा उपस्थिति जनाएको बताउँदै कम्पनीका सिईओ राजकुमार विष्टले मेरो ब्राण्ड पूर्ण रुपमा उपभोक्ताप्रति जवाफदेही बन्ने बताएका छन् । 

‘बजारमा उपभोक्ताहरुले खोजेको ब्राण्ड न्युनतम मूल्यमा नै उपलब्ध गराउनु मेरो ब्राण्डको प्रमुख ध्येय हो । अनलाईन सपिङ गर्दा उपभोक्ताले सोचेकै गुणस्तरीय सामाग्री उपलब्ध गराउने र त्यसबाट अनलाईन सपिङप्रति आमउपभोक्ताको विश्वसनियता बढाउन रोल मोडल बन्ने कम्पनीको प्रमुख लक्ष्य रहेको छ’ सिईओ विष्टले भने ।

मेरो ब्राण्डमार्फत सामान अडर गर्दा काठमाडौं उपत्यकाभित्र १ दिनमै डेलिभरी गराउने कम्पनीले बताएको छ ।  आम उपभोक्ताले www.merobrand.com मा लगइन गरी आफुले चाहेको बस्तु खरिद गर्न सक्ने र खरिद गर्दा क्यासको भूक्तानी अनडेलीभरी अनलाईन ट्रान्सफर वा भिसा कार्डबाट पनि गर्न सकिने बताएको छ । 

‘मेरो ब्राण्ड तपाईको आफ्नै ब्राण्ड’ भन्ने नाराका साथ सुरु गरेको मेरोब्राण्ड अनलाईन सपिग उपभोक्तालाई अपनत्व कायम गराउने दाबी छ । दशैंको घटस्थापनाको विशेष अवसरमा सुरु गरिएको मेरो ब्राण्ड डट कममार्फत खरिद गर्दा सामग्रीहरुमा दोहोरो छुट तथा अफरको सुविधाहरु समेत उपलब्ध गराइएको छ ।

अर्डर पश्चात सर्वसुलभ भुक्तानी तथा छिटोभन्दा छिटो होम डेलीभरीसहित ग्राहकले मगाएको सामान मागे बमोजिम नभए ७ दिनभित्र फिर्ता गर्न सकिने रिटर्न पोलिसी समेत उपलब्ध गराइएको कम्पनीले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप