शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको उपचार नगर्ने सरकारी निर्णय फिर्ता लिन काँग्रेसको माग

मङ्गलबार, ०४ कात्तिक २०७७, १४ : २९
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस) संक्रमितले उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गरेका छन्।  उनले संविधानले ग्यारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताए । कोभिड–१९ संक्रमण अत्यधिक बढ्दै गएको अवस्थामा सरकार पछाडि हटेर आफ्नो उपचार आफै गर्न भन्नु गैरजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए । 

नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैरजिममेवार रुपमा प्रस्तुत भएको बताए । यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत उनले माग गरे । 

यस्तै कांग्रेस सह–महामन्त्री प्रकाश शरण महतले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताए । जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उनले बताए । त्यसैले कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडक मार्फत समेत विरोध गर्ने बताए । 

सरकारमा बस्नेहरुले राज्यकोषलाई आफुखुसी खर्च गर्न हुने तर जनताको आधारभूत आवश्यकता पूर्ति गर्न तर्फ भने साधन स्रोत भएन भनेर पन्छिनु गैरजिम्मेवारपूर्ण कदम भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप