शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प आक्रामक

मङ्गलबार, ०४ कात्तिक २०७७, १४ : ४८
मङ्गलबार, ०४ कात्तिक २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सबैतिर थप आक्रामक देखिदै आएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोस व्यक्त गरेका छन् ।

देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उनले चुनावी अभियानका क्रममा भोगेकामध्ये सवैभन्दा नराम्रो दवाव भोग्नुप¥यो। चुनावी अभियानका क्रममा उनले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरु दिएका छन् ।

उनले फाउचीलगायतका विज्ञहरुमाथिको उनको अभिव्यक्ति सवैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ । उच्च तहका विज्ञ फाउचीलाई उनले टिभीमा जादै बोलिरहने र देश र जनतालाई भाँड्ने सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गरेका छन् ।

“फाउची र उनीहरु जस्तै अरु धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन्, उनीहरु आफैमा प्रकोप हुन, उनीहरुका कारणले नै यहाँको अवस्था विग्रिएको हो,” ट्रम्पले भनेका छन् । त्यसैगरी कोरोनाभाइरसका बारेमा उनले दिएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ । 

“म डराएको आत्तिएको छैन,” टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उनले भने । “मलाई लाग्छ म आक्रामक रुपमा दौडिरहेको छु, म धेरै खुशी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु,” उनले भने ।

उनले आफुहरुले जित्ने विश्वास र आधार देखिएको दावी गर्दै आफ्नो फेरि जित हुने देखेर केही समूहहरु आत्तिएको टिप्पणी पनि गरे । उनले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामाभन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफुहरु ठिक अवस्थामा रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप