शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको व्यापार युद्धले ल्याएको क्षति तत्काल कम हुँदैन : विश्लेषक

मङ्गलबार, ०४ कात्तिक २०७७, १५ : १५
मङ्गलबार, ०४ कात्तिक २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापारघाटा कम गर्न नसेकेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ । विश्लेषकहरूले  चार वर्षसम्म काम गरिसकेपछि डोनाल्ड ट्रम्पले अमेरिकी व्यापारघाटालाई हटाउने आफ्नो वाचा पूरा गर्न असफल भएको बताएका छन् ।  विश्वव्यापी व्यापारमा आधारित बहुपक्षीय आर्थिक प्रणालीलाई यसले दीर्घकालीन  असर पुर्याउने विश्लेषकहरूले बताएका छन् । 

तर अहिलेको जनमत सर्वेक्षणले देखाएझैँ डेमोक्र्याट जो बिडेनले राष्ट्रपति पदको चुनाव जिते भने पनि अमेरिकी व्यापार नीतिले संरक्षणवादी लहर कायम गर्न सक्छ र चीनसँगको टकराव कायमै राख्न सक्छ । 
ट्रम्पको २०१६ को अभियानको मुख्य उद्देश्य देशको व्यापार घाटा समाप्त गर्ने र विश्वकै शक्तिशाली अर्थतन्त्र बनाउने थियो । तत्कालीन समयमा ट्रम्पले व्यापार साझेदारहरूसँग फाइदा लिने  र देशको व्यापार घाटा समाप्त गर्ने वचन दिएका थिए । 

ट्रम्पले वास्तवमै वैश्विक व्यापार प्रणालीलाई हल्लाउन त हल्लाए तर झनझन व्यापार घाटा बढाउँदै लगेर । अमेरिकी व्यापार घाटा उनको कार्यकालमा झनझन बढ्दै गएको छ । विश्लेषकहरुले यसका लागि थोरै भए पनि काम देखाउने बेला आएको बताएका छन् । 

यद्यपि ट्रम्पको व्यापार नीतिले अमेरिकालाई केही ठोस फाइदा पु¥याएको छ । ट्रम्पको मुख्य लक्ष्य चीनसँगको व्यापार घाटा कम गर्नु हो ।  चीनसँगको अमेरिकी व्यापार घाटा वास्तवमा सङ्कुचित त भयो तर क्यानडा र मेक्सिकोसँगको  आयात बढेको छ, जसले समग्र घाटालाई गहिरो बनायो । पेरिस डोफिन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक जियानलुका ओरेफिसका अनुसार वासिङ्टनले धेरै उत्पादनमा बढाएको आयात शुल्कले अमेरिकी उत्पादनलाई सुरक्षित बनाएको छ । 

तर त्यस्तो  शुल्कले  अमेरिकी उद्योगका लागि उत्पादन लागत भने बढाएको छ र चिनियाँ निर्भरताको हद प्रदर्शन गरेको छ ।
विश्वव्यापी आर्थिक संरचना गहिरो प्रवाहको अवस्थामा छ । उनको नीतिले युरोपलाई नै  गहिरो नोक्सान भइरहेको छ, जसलाई मर्मत गर्न विश्व व्यापार सङ्गठनलाई निकै कठिनाइ हुनेछ, अमेरिकी व्यापार नीतिका विश्लेषक र वर्तमानमा विदेश सम्बन्ध सम्मेलनमा सहयोगी रहेका पत्रकार तथा लेखक एडवर्ड एल्डनले भने ।

ट्रम्प भत्काउन सक्छन्, बनाउन सक्दैनन् 
ट्रम्पले नयाँ न्यायाधीशहरूको नियुक्ति गर्न अस्वीकार गर्नाले विश्व व्यापार सङ्गठनको विवाद समाधान प्रणालीलाई कमजोर पारेको छ । साथै विश्वव्यापी बहुपक्षीय व्यापार प्रणालीको मध्यस्थतालाई पिरोलिरहेको छ । डोनाल्ड ट्रम्पले बिगार्न सक्षम र निर्माण गर्न असक्षम भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्रमा अनुसन्धानका लागि मुख्य फ्रान्सेली संस्थान सीईपीआईआईका निर्देशक सेबस्टियन जीनले भने । 
अमेरीका—चीन व्यापार युद्धमा भएको युद्धविरामले बौद्धिक सम्पत्ति चोरी र जबरजस्ती प्रविधि हस्तान्तरण जस्ता झगडाको समाधान हुन नसकेका प्रमुख विन्दुलाई छोडिदियो ।

यसैबीच ट्रम्प प्रशासनको अनौठो बयान र नीतिगत निर्णयले अमेरिकालाई एक अविश्वसनीय व्यापारिक साझेदारका रूपमा हेरिरहेको छ, कर्नेलको प्रसादले भने ।
यसले केही देशहरूलाई अमेरिका वरिपरि घुम्न र द्विपक्षीय वा बहुपक्षीय व्यापार सम्झौताहरूको निष्कर्षमा पुर्याएको छ, जब ट्रम्पले आफ्नो देशलाई ट्रान्सप्यासिफिक साझेदारीबाट बाहिर निकालेपछि प्यासिफिक देशहरू सम्झौतामा अगाडि बढेका थिए । चुनावअघि ट्रम्पले एक व्यापारीको रूपमा आफ्नो सम्झौताको पराक्रमको वकालत गरेका थिए ।  तर उनले जटिल र गहन बहुपक्षीय व्यापार वार्ताका लागि कम रुचि देखाए । 
बरु ऊ जर्मन कार र ठूलो टेक जायन्ट्समा फ्रान्सेली करविरुद्ध गुनासो गर्न रुचाएको भन्दै प्रसादले भने, ट्रम्पको चार वर्षे कार्यकालको परिणाम स्वरूप डब्लूटीओले मूर्त रूप लिएको नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई कमजोर पारेको छ, जुन अमेरिकाले स्थापित गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

नोबेल कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई जटिल मोडमा पुर्याइदिएको छ र पुनरुत्थानमा अझ कठिन बनाउन सक्छ ।
अमेरिकी पत्रकार एल्डनले ट्रम्पलाई क्यानडा र मेक्सिकोको साथ उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको सफलतापूर्वक पुनर्गठन गर्ने श्रेय दिएका छन्, त्यो एक प्रयास हो जसमा डेमोक्र्याट र रिपब्लिकन दुवैको समर्थन थियो । 
डेमोक्र्याट र रिपब्लिकन दुवै चीनप्रति कडा छन् 

सीईपीआईआई जीनले ट्रम्पलाई चीनको गतिशील परिवर्तनको श्रेय पनि दिन्छ, जसले ईयूले बेइजिङप्रतिको  आफ्नो नीति परिवर्तन गर्न मद्दत पु¥यायो, साथै युरोपेली देशलगायत अमेरिकामा चिनियाँ निर्माता हुवावेले फाइभ जी मोबाइल उपकरणहरू प्रतिबन्धमा सामेल गराएको थियो । ब्रसेल्सस्थित युरोपेली थिङ्क ट्याङ्क ब्रुगेलले बिडनको जितको मतलब अमेरिकी राजनीतिक शैलीको अधिक शिष्टतामा फर्किनु हो भनेका छन् । तर सामग्री यति परिवर्तन हुन सक्दैन, उनले भने । ट्रम्प र बिडेन बीचको व्यापारमा भिन्नता अन्य धेरै मुद्दाहरूको तुलनामा सानो छ, एल्डनले भने ।

डेमोक्र्याट र रिपब्लिकन दुवैको स्थिति हालैका वर्षहरुमा चीनप्रति कडा भएको छ, जसलाई प्रतिद्वन्द्वीको रूपमा हेरिन्थ्यो । उनीहरुलाई समाहित हुनु आवश्यक छ किनकि यो उदार बजार अर्थतन्त्रमा विकसित नभएको आशा हो । 

(दी इकोनोमिक टाइम्सबाट भावाअनुवाद)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप