केन्द्रीय संस्करण

कर्णाली विवादमा ओली प्रचण्डबीच चार बुँदे सहमति

person explore access_timeकात्तिक ४, २०७७ chat_bubble_outline0

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कर्णाली विवादबारे चार बुँदे सहमति भएको छ ।

मंगलबार बिहान ओली र प्रचण्डबीच भएको भेटघाटमा भएको सहमतिको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने निर्णय भएको उल्लेख छ । त्यस्तै, प्रमुख सचेतकमा मुख्यमन्त्रीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको पनि उल्लेख छ ।

त्यस्तै मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको सल्लाहकार थापाले जनाएका छन् ।

यद्यपि, यसअघि प्रचण्ड निकट नेताहरुले कर्णाली विवादबारे कुनै सहमति नभएको दावी गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.