छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिकाको जम्बुकाँध जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएकोे दैलेख प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका ललित नेपाली रहेको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । बसको ब्रेकफेल भएर सडक किनारामा रोकिएको टिप्परमा ठोकिएर सो दुर्घटना भएको थियो ।
यस्तै गुराँस गाउँपालिका–२ बान्द्रे भन्ने स्थानमा टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तल्लो डुंगेश्वरदेखि माथिल्लो डुंगेश्वर आउँदै गरेको बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा
-
नेपालले पाँचौँ विकेट गुमायो, दीपेन्द्र पाँच रन बनाउँदै आउट भए
-
पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा
-
तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल